Listen LIVE

बाँके: नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका-३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ।

Advertisement 1

 

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार सङ्घीय अर्थ मन्त्रालयले पेडारी नालासहित बाँके जिल्लामा चारवटा पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। खत्रीले भने, “नेपालगञ्ज–गुलरिया सडक खण्डमा पर्ने पेडारी नाला र चपरा नालाका साथै अन्य दुई स्थानमा पुल निर्माणका लागि बजेट स्वीकृत भएको जानकारी प्राप्त भएको छ।”

Advertisement 2

 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार बजेट स्वीकृत भएसँगै केही दिनभित्र टेण्डर प्रक्रिया सुरु हुनेछ। उनले भने, “लामो समयदेखि माग हुँदै आएको योजना यसपटक स्वीकृत भएको छ। अब निर्देशनालयबाट टेण्डर आह्वान गरी छिट्टै काम सुरु हुनेछ।”

Advertisement 3

 

खजुरामा ७ वर्षअघि चारलेन सडक निर्माण सुरु भए पनि साँघुरो र जीर्ण पुलका कारण आवागमनमा सास्ती खेप्नुपरेको स्थानीयले बताए। पेडारी नालामा वर्षायाममा खोलामा बाढी आउँदा पटकपटक सवारी आवागमन प्रभावित हुने गरेको छ।

 

नयाँ पुल २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको हुनेछ। पुल निर्माणका लागि अनुमानित लागत १२ करोड रुपैयाँभन्दा बढी हुनेछ। यो पुल बनेपछि आवागमन सहज हुनुका साथै खजुरा बजारको यातायात व्यवस्थापनमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!