Listen LIVE

मकवानपुर, साउन ११ गते । मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु र एक जना घाइतेभएका छन् ।

Advertisement 1

 

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नं. को ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै बा.प्र.०३–०४ प ११६२ नं.को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा भरतपुर महानगरपालिका ११ का वर्ष ५१/५२ का मोति बहादुर क्षेत्रीको आइतबार दिउँसो मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement 2

 

दुर्घटनामा घाइते हुनुभएका क्षेत्रीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारको क्रममा दिउँसो १५ः२०  बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

Advertisement 3

 

स्कूटरको पछाडी सवार भरतपुर महानगरपालिका ९ सरतपुर बस्ने वर्ष ३६/३७ की नरमाया गुरूङको दाहिने खुट्टा, हात, टाउँको र अनुहारमा चोट लागेर घाइतेभएको र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।

 

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरीका वर्ष ३५ का अशोक यादबलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!