Listen LIVE

नेपालगन्ज, बैशाख २४ : १५ दिनअघि भएको भीषण पहलगाम आक्रमणको जवाफस्वरूप भारतले बुधबार राति पाकिस्तानमाथि एक ऐतिहासिक हवाई हमला गरेको छ। ‘अपरेसन सिन्दुर’ नामक गुप्त सैन्य कारवाही अन्तर्गत भारतले पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) र पाकिस्तानभित्रका नौ ठूला आतङ्ककारी अखडामा सटीक मिसाइल प्रहार गरेको हो।

Advertisement 1

भारतीय वायुसेनाले रातको १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आतङ्ककारी लुकेका स्थानहरूमा आक्रमण गरेको भारतीय सुरक्षा स्रोतहरू बताउँछन्। यी स्थानहरू लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता कुख्यात संगठनको आधार शिविर रहेको दाबी भारतको छ।

Advertisement 2

 

भारतीय पत्रिका दैनिक भास्कर र समाचार एजेन्सी एएनआई का अनुसार बहावलपुरमा भएको हवाई आक्रमणमा कम्तीमा ३० जना आतङ्ककारी मारिएको पुष्टि भएको छ। जैश र लश्करका मुख्यालयहरू पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।

Advertisement 3

 

पाकिस्तानी सेना प्रवक्ताका अनुसार भारतले एकैपटक २४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरेको भारतीय अधिकारीहरूले जनाएका छन्।

 

भारतीय सेनाले यो हमलामा पाकिस्तानी सैनिक अखडा लक्षित नभएको, केवल आतङ्ककारीहरू लुकेका स्थानहरूमा प्रहार गरिएको स्पष्ट पारेको छ। यो संयुक्त सैन्य कारवाहीमा थलसेना र वायुसेनाको सहभागिता थियो ।

 

पाकिस्तानले भारतको यो कदमलाई ‘निहत्था नागरिकमाथिको हमला’ भन्दै यसको जवाफ दिने चेतावनी दिएको छ। दुवै देशबीच फेरि तनाव चुलिन सक्ने संकेत देखिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!