
Advertisement 1
नेपालगञ्ज, असोज १८ – बागेश्वरी मन्दिर परिसरमा दसैँ विशेष साँस्कृतिक मेलाको नाममा धार्मिक स्थलको मर्यादा विपरीत क्रियाकलाप भइरहेको स्थानीयवासीले बताएका छन्। मेलामा आइटम डान्स नाच्ने, जुवा खेलाउने र टिकाको नाममा पैसा उठाउने जस्ता गतिविधि भइरहेका छन्, जसले मन्दिरको पवित्रता र धार्मिक आस्थामा आँच पुर्याएको छ। स्थानीयले यसप्रति गम्भीर असन्तोष जनाउँदै नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र बागेश्वरी मन्दिर गुठीलाई यस्ता गतिविधिमा नियन्त्रण गर्न ध्यानाकर्षण गराएका छन्।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








