Listen LIVE

बाँके : नेपालगन्ज-२ घरबारी टोल नजिकै पसल गर्दै आएकी ३५ वर्षीया एक महिला घरभित्रै बलात्कारको शिकार भएकी छन्। पीडित महिलाका अनुसार, माघ ६ गते राति करिब ८ बजे उनीमाथि जबरजस्ती करणी गरिएको थियो। साथै, पीडकले उनलाई कुटपिट गर्नुका साथै गरगहना र पसलबाट पैसा समेत लुटेर लगेका थिए।

Advertisement 1

 

घटना भएको ९ दिन बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरी लिन अस्वीकार गरेको पीडित महिलाको गुनासो छ। बरु उल्टै धम्काएर पठाउने गरिएको उनको भनाइ छ। पीडकले निरन्तर फोनमार्फत धम्की दिइरहेको समेत उनले बताइन्।

Advertisement 2

 

यस विषयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बाँके प्रहरीलाई पीडित महिलाको उजुरी तत्काल दर्ता गरी दोषीलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। तर, प्रहरीले प्रदेश प्रहरी प्रमुखको निर्देशनसमेत पालना गरेको छैन।

Advertisement 3

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा प्रवक्ता आयुस जोशीले घटनाबारे मुद्दा फाँटले हेर्दै गरेको र प्रकृयामा रहेको बताए। उनका अनुसार, शुक्रबार कार्यालय खुलेपछि मात्रै थप प्रक्रिया अघि बढाइनेछ।

 

पीडित महिला न्यायका लागि ९ दिनदेखि प्रहरी कार्यालय धाइरहेकी भए पनि अहिलेसम्म उजुरी दर्ता नभएको अवस्थामा उनको सुरक्षा थप जोखिममा परेको देखिन्छ। अब प्रहरीले न्याय दिलाउनेतर्फ कति ध्यान दिन्छ भन्ने हेर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!