दाङ : दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार देवर भाउजु घाइते भएका छन्।

 

मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलामा अम्बिकेश्वरी यातायात प्रा.लि.को रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

दुर्घटनामा परि घाइते हुनेमा माेटरसाइकल चालक रूकुम पूर्वका ४० वर्षीय जहरेलाल सुनार र पछाडि सवार उनकि भाउजु ४५ वर्षीया नरमकुमारी सुनार रहेका छन।

चालक जहरेलालको अवस्था गम्भीर छ भने नरमकुमारीको अवस्था मध्यम छ उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

error: Content is protected !!