Listen LIVE

काठमाडौँ । काठमाडौँबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ ।

Advertisement 1

 

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाडौँबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको हो ।

Advertisement 2

विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय संजाल ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ सञ्चालनमा रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा रहने गरेका छन् ।

सोही नेटवर्कबाट आफूलाई २८ जनामा फुड पोइजन भएको इमेल प्राप्त भएपछि विभागका सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको महर्जनले बताए ।

Advertisement 3

उनका अनुसार जनवरी ११ मा  नेटवर्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हङकङ उडान भएको क्याथे प्यासिफिकको मिति जनवरी ८ गते उडानमा रहेको १० जना र जनवरी ९ गते उडानमा  गएका १८ जना यात्रुहरूलाई फुड पोइजन भएको हो ।

छानबिन समितिलाई यस सम्बन्धमा अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!