Listen LIVE

भारत : भारतको लखनऊबाट मुम्बई गइरहेको पुष्पक एक्सप्रेसमा बुधबार साँझ आगलागीको हल्ला फैलिएपछि यात्रुहरूमा त्रास फैलियो। चेन तानेर रेल रोकेका यात्रुहरू डरले हाम्फालेपछि अर्को लिकमा आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किच्यो। उक्त दुर्घटनामा १३ जनाको ज्यान गयो, जसमा ७ नेपाली थिए।

Advertisement 1

 

भारतीय रेल्वेले मृतकका शवलाई आफन्तजनको जिम्मा लगाइसकेको छ। शवलाई मृतकका परिवारको चाहनाअनुसार घरसम्म पुर्‍याउने व्यवस्था रेल्वेले गरेको छ। नेपाली दूतावासको समन्वयमा ७ जना नेपाली मृतकमध्ये ४ जनाको दाहसंस्कार भारतमै गरियो भने ३ जनाको शव नेपाल पठाइएको छ।

Advertisement 2

महाराष्ट्र रेल दुर्घटनामा १३ जनाको मृत्यु , चार नेपालीको पनि ज्यान गयो

कैलालीकी कमला नवीन भण्डारीका छोरा टपेन्द्रले भने आमाको शव एम्बुलेन्समार्फत घर ल्याएको बताए। उक्त एम्बुलेन्स भारतीय रेल्वेले उपलब्ध गराएको हो।

Advertisement 3

 

दुर्घटनामा मृत्यु भएका परिवारलाई भारतीय रेल्वेले प्रतिमृतक ५० हजार भारतीय रुपैयाँ नगद सहयोग दिएको छ। साथै, केन्द्र र प्रदेश सरकारबाट गरी ६ लाख ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ। बाँकी राहत रकम उपलब्ध गराउनका लागि भारतीय पक्षसँग निरन्तर समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ।

 

परराष्ट्र मन्त्रालयका अनुसार मृतक नेपालीहरूको परिचय यसप्रकार छः

1. कमला नवीन भण्डारी (४३ वर्ष), कैलाली

2. लछिराम पासी (११ वर्ष), अछाम

3. हिमु नन्दराम विश्वकर्मा (११ वर्ष), अछाम

4. नन्दराम पद्म विश्वकर्मा (४४ वर्ष), अछाम

5. मौसारा कामी (४२ वर्ष), अछाम

6. जोक्ला उर्फ कला कामी (६० वर्ष), अछाम

7. रोश्याम राध (३२ वर्ष), बाँके

 

दुर्घटनामा परी ज्यान गुमाएका सबैप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गर्दै, मृतकका परिवारप्रति सरकार, दूतावास,र रेल्वेले सहानुभूति प्रकट गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!