Listen LIVE

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा आइतबार विहान एक दर्दनाक पारिवारिक हत्या भएको छ। ४२ वर्षीय दानसिंह ठाडाले आफ्नै श्रीमती ४१ वर्षीया रविना ठाडाको चिर्पट प्रहार गरी हत्या गरेका हुन्।

Advertisement 1

 

घटना विहान करिब १:३० बजेतिर भएको बताइएको छ। श्रीमतीको हत्या गरेपछि दानसिंहले आफैँले प्रहरीलाई फोन गरी घटना स्वीकार गर्दै पक्राउ गर्न आउन भनेका थिए। करेखोला प्रहरी पोष्टका हवल्दारलाई उनले फोन गरेर आफ्नो परिचय दिँदै भनेका थिए, “श्रीमतीको हत्या गरें, मलाई नियन्त्रणमा लिनुहोस्।”

Advertisement 2

 

प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाका अनुसार, हवल्दारले तत्कालै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले विहान साढे २ बजेतिर दानसिंहलाई नियन्त्रणमा लिएको हो।

Advertisement 3

 

हत्या गर्नुअघि दानसिंहले वडा अध्यक्षलाई समेत फोन गरेका थिए। उनले करेखोला प्रहरी पोष्टका इन्चार्जको सम्पर्क नम्बर मागेका थिए, जसपछि प्रहरीसँग सम्पर्क गरेर आत्मसमर्पण गरेका हुन्।

 

हाल दानसिंह प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!