Listen LIVE

९ फागुन,सिन्धुपाल्चोक नेपालमा पहिलोपटक क्यानोनिङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीस्थित बोर्डरल्याण्डमा यही फागुन १६ देखि १८ सम्म तीनदिने क्यानोनिङ उत्सव हुने भएको हो ।

Advertisement 1

 

बोर्डरल्याण्ड इको रिसोर्टले आयोजना गर्न लागेको यो उत्सव विशेषगरी साहसिक खेलमा रुचि राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ । पर्वतारोहण, पदयात्रा, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरू समेटिएको क्यानोनिङ उत्सव साहसिक पर्यटकहरूको आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

Advertisement 2

नेपालमा क्यानोनिङका लागि विभिन्न स्थानहरू प्रसिद्ध छन् । जसमध्ये काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख हुन् । नेपाल नदी संरक्षण (एनआरसिटी)का अध्यक्ष तथा कर्णाली रिभर वाटरकिपरसमेत रहेका बोर्डरल्याण्ड इको रिसोर्टका सञ्चालक मेघ आले उत्सवका क्रममा सञ्चालन गरिने विभिन्न साहसिक खेलहरुमा सहभागीहरुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए।

 

Advertisement 3

‘क्यानोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिएका छौं । वसन्त ऋतुमा नेपालमै पहिलोपटक व्यापक कार्यक्रमसहित क्यानोनिङ उत्सव अयोजना गर्दै छौं,’ उनले भने ।

नेपालका नौ वटा क्यानोनिङ गर्न मिल्ने झरनाहरु सिन्धुपाल्चोकमा रहेको उनले बताए । यी झरनालाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । ‘यो उत्सवमा करिब डेढ सयदेखि २०० को हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागिता रहने अपेक्षा लिएका छौं,’ आलेले भने ।

 

उनका अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, र्‍याफ्टिङ मात्र नभई क्यानोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको उनको अनुभव छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । ‘साहसिक खेलप्रति बढ्दो आकर्षणले आगामी दिनमा यस क्षेत्र अझै व्यावसायिक हुने आशा जगाएको छ,’ आलेको भनाइ छ ।

 

नेपालमा क्यानोनिङको व्यवसायिक यात्रा सन् १९९६ मा सुरु भएको इतिहास छ । फ्रान्सबाट सुरु भएको क्यानोनिङ वाटरकिपर एवं बोर्डरल्याण्डका सञ्चालक आलेले अस्ट्रियामा तालिम लिएर नेपालमा भित्र्याएका हुन् । प्रारम्भमा विदेशी प्रशिक्षकहरूमार्फत सिकाइएको यो खेल अहिले नेपाली साहसिक खेलाडीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

 

कार्यक्रम निर्देशक मदन मगरका अनुसार र्‍याफ्टिङ गर्दा वाक्क हुनेहरूका लागि क्यानोनिङ उत्कृष्ट विकल्प हुन सक्छ । डोरीको नट र पौडिन चाहनेहरुका लागि यो खेल रोमाञ्चकमात्र नभई सुरक्षितसमेत हुने उनी बताउँछन् ।

सुरुवातमा विदेशी पर्यटकहरूको मात्र रुचि रहेको क्यानोनिङ अहिले नेपालीहरूमा पनि आकर्षण बढ्दै गएको मगरको भनाइ छ । यसलाई नेपाल क्यानोनिङ एसोसिएसनले व्यवस्थित गर्दै व्यावसायिक बनाउने प्रयास गरिरहेको उनले बताए ।

 

निर्देशक मगरले यस कार्यक्रमका लागि १० देखि १५ जना क्यानोनिङ गाइड तथा २५ जना स्वयंसेवक खटाइने जानकारी दिए । कार्यक्रममा सहभागीहरुलाई पूर्ण मनोरञ्जनको प्याकेज उपलब्ध गराइने आयोजकको प्रतिबद्धता छ ।

 

‘सहभागी हुन चाहनेले बोर्डरल्याण्ड इको रिसोर्टको फेसबुक पेज, इन्स्टाग्रामको पेज वा नयाँ बजार र ठमेलमा रहेको कार्यालयमा नाम दर्ता गराउन सक्नुहुने छ,’ निर्देशक मगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!