Listen LIVE

दार्चुला| दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएकाे छ ।😔

Advertisement 1

 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका-५ स्थित सिराडको खोलामा दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

Advertisement 2

 

६ जनाको घटनास्थलमै र १ जनाकाे उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बाेहरा छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको पनि ज्यान गएकाे प्रहरीले जनाएकाे छ । १ जनाको भने सनाखत हुन बाँकी छ ।

Advertisement 3

 

५ जना घाइतेकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!