नेपालगञ्ज : काठमाडौं जिल्ला अदालतले चलचित्र ‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममाथि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले रोक लगाउने आदेश दिएको हो।
यसअघि माघ ४ गते प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’ का प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्ट का तर्फबाट सम्राट थापाले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए। उनले आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरिएको दाबी गर्दै ‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न माग गरेका थिए।

अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पनि आदेश दिएको छ। अदालतको अन्तिम निर्णय नआएसम्म चलचित्रको प्रदर्शन अन्योलमा परेको छ।











