Listen LIVE

बाँके : सिटिजन्स बैंक इन्टरनेसनलबाट एक सफ्टवेयर कम्पनीको खाता ह्याक गरी साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

Advertisement 1

प्रहरीको साइबर ब्यूरोले एफ वान सफट् इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट गत असोजमा ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिहरूको खातामा लगिएको थियो।

यसरी सिस्टम ह्याक गरेर चोरी गरेको आरोपमा ब्युरोले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

Advertisement 2

आफ्नो कम्पनीको खाताबाट अनधिकृतरूपमा रकम निकालिएको भन्दै एफ वान सफ्टका तर्फबाट धीरजकुमार भुजेलले निवेदन दिएका थिए।

यस कम्पनीले सफ्टवेयर निर्माण गर्दै बिक्री वितरण गर्दै आएको छ। सिटिजन्स बैंकको सफ्टवेयर पनि यही कम्पनीले तयार गरेको थियो। यसबापत प्राप्त हुने रकम जम्मा गर्नका लागि त्यही बैंकको दरबारमार्ग शाखामा खाता खोलेको थियो। अक्टोबर १ देखि ४ (असोज १५ देखि १८) को बीचमा यसरी आफ्नो खाताको रकम निकालिएको कम्पनीको दाबी छ।

Advertisement 3

कम्पनीको निवेदनपछि अनुसन्धान गरेको साइबर ब्युरोले यसमा संलग्न रहेको आरोपमा ललितपुर १६ की ४० वर्षीय त्रिगुणरत्न वज्राचार्य, सिरहाको गोलबजारका २० वर्षीय राहुल ठाकुर, १९ वर्षका पुरुषोत्तम साह, सप्तरीको हनुमाननगरका २१ वर्षीय कृष्ण रमण राउत, राजविराजका ३१ वर्षीय सञ्जीवकुमार शर्मा, उदयपुरका २० वर्षीय कमल थापा मगर, २७ वर्षका दीपक थापा मगर, सुनसरीको धरानका २४ वर्षीय सन्देश राई, सुनसरीकै देवानगञ्जका २२ वर्षीय सागर कुमार साहलाई पक्राउ गरेको थियो।

घटनामा संलग्न रहेका अरू १५ जना फरार रहेको ब्युरोले जनाएको छ। उनीहरूविरुद्ध पनि मुद्दा दर्ता भएको छ। यसरी सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेको प्रहरीको दाबी छ।

उनीहरूलाई विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा कारबाही गर्न र पीडितको रकम भराइदिन अदालत समक्ष माग गरिएको छ। यस कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!