Listen LIVE

नेपालगन्ज, वैशाख १७ : नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपालगन्ज समितिको आयोजनामा अन्तरबैंक फुटसल प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ।

Advertisement 1

 

Advertisement 2

बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब, नेपालगन्ज–१० आदर्शनगरमा सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २० गतेसम्म चल्नेछ। प्रतियोगितामा नेपालगन्जस्थित १७ वटा बैंक टिमले सहभागिता जनाएका छन्।

Advertisement 3

आजको उद्घाटन खेल आयोजक टिम र गरिमा विकास बैंकबीच भएको थियो। खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा गरिमा विकास बैंकले उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्न सफल भयो।

कार्यक्रमको मुख्य प्रायोजन ग्लोबल आईएमई बैंकले गरेको छ भने नबिल बैंक र सिद्धार्थ बैंक सह–प्रायोजकको रूपमा रहेका छन्।

प्रतियोगिताका विजेताले ट्रफी, मेडलसहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले पनि ट्रफी, मेडलसहित नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, टप स्कोरर र प्लेयर अफ द टुर्नामेन्टले पनि नगद, मेडल र ट्रफी पुरस्कार पाउने छन्।

तस्बिर : कृष्णराज अधिकारी
Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!