Listen LIVE

दाङ : तुलसीपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर ५ बसपार्क स्थित माछापुच्छ्रे टोलको गेट नजिकै बसले ति महिलालाई ठक्कर दिएको थियो ।

Advertisement 1

 

बिरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको लु. प्र. ०२००१ ख ४४ नं. को बसले ठक्कर दिँदा तुलसीपुर ५ सम्झना टोल निवासी ३९ वर्षीया तिर्सना घर्तीको मृत्यु भएको हो । बसको ठक्करबाट टाउको र मुखमा चोट लागेको घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले नेपालगञ्ज पोष्ट लाई जानकारी दिनुभयो ।

Advertisement 2

 

उनको शवलाई बुवा प्रेम बहादुर थापा र छोरा नबिन घर्तीले सनाखत गरेका हुन् । बस र चालक तुलसीपुर ६ निवासी ४२ वर्षीय खिमराज वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!