सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैंसाका १३ वर्षीय सफर नेपालीको राप्ती नदीमा डुबेर ज्यान गएको छ। शुक्रबार बिहान करिब ११:४५ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा उनी अचानक नदीमा डुबेका थिए। तत्काल स्थानीयवासी र इलाका प्रहरी कार्यालय बैजापुरको टोलीले खोजी कार्य सुरु गरेको थियो। करिब १:१० बजे उनको शव नदीबाट फेला पारिएको प्रहरीले जनाएको छ। घटनापछि पीडित परिवारसहित सिङ्गो गाउँ शोकमा डुबेको छ। मृतक सफर नेपाली कक्षा ६ मा अध्ययनरत थिए। इलाका प्रहरी कार्यालय बैजापुरले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। Post navigation दुई महिनामा दुई नेपाली छात्राको मृत्यु: केआईआईटीमा के हुँदैछ? अमेरिकी डाइभर्सिटी भिसा (DV-2026) को नतिजा सार्वजनिक, नतिजा हेर्न कन्फर्मेसन नम्बर आवश्य