Listen LIVE

ब्राजिल – ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।

Advertisement 1

विमान दुर्घटना भएर बस्तीमा खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ । दुर्घटनामा विमान बाहिर रहेका १७ जना घाइते भएका रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।

खराब मौसमकाबीच विमानले उडान भरेको थियो । विमान तीन किलोमिटर उडेपछि हिजो मानव बस्तीमा खसेको थियो । विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय शहर क्यानेलाबाट उडेको थियो ।

Advertisement 2

ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय उपस्थिति हुन्छ ।  CNN

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!