Listen LIVE

बाँके, माघ २१ : बाँके जिल्लामा आजदेखि करिब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउने कार्यक्रम सुरू भएको छ।

Advertisement 1

 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ३६ हजार ९५० जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।

Advertisement 2

जिल्लाभरका ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ वटा खोप केन्द्र तोकिएको छ। तीमध्ये ३७८ वटा विद्यालयभित्रै र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र स्थापना गरिएको छ।

Advertisement 3

पहिलो चरणअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरीलाई माघ २२ देखि फागुन १ गतेसम्म खोप लगाइनेछ।

 

त्यसैगरी, दोस्रो चरणमा माघ ३० गतेबाट राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरीलाई खोप लगाउने योजना रहेको छ।

 

यस खोप अभियानबाट किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!