Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज : मुस्लिम धर्मावलम्बीहरूले आज देशभर ईद उल फित्र (ईद) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। एक महिनासम्म चलेको रमजान महिनाको अन्त्यसँगै मनाइने यो पर्वले आपसी सद्भाव र खुसीयाली साटासाट गर्ने अवसर प्रदान गरेको छ।

Advertisement 1

भिडियो हेर्न

नेपालगंजमा चन्द्रमा देखियो, भोलि ईद-उल-फित्र धुमधामसँग मनाइने नमाजको समयतालिका सार्वजनिक

Advertisement 2

 

सरकारले ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो।

Advertisement 3

 

ईदको अवसरमा देशभरका मस्जिद र ईदगाहहरूमा सामूहिक नमाज पढिएको छ। बाँकेको नेपालगञ्जस्थित वीपी चोकको ईदगाहमा पनि ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला भएर नमाज पढेका थिए। ईदगाहभित्र स्थान अभाव भएपछि सडकमै बसेर नमाज पढिएको थियो। नमाजपछि सहभागीहरूले एकअर्कालाई अँगालो हालेर शुभकामना आदानप्रदान गरेका थिए।

ईद उल-फित्र रमजान महिनाभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ। रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख-सुविधाबाट टाढा रहन्छन्। यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति र आत्मसंयमको अभ्यास गरिन्छ।

 

ईदको अवसरमा दान (जकातुल फितर) दिनु अनिवार्य मानिन्छ, जसले गरीब तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई मद्दत गर्दछ। यस दिन विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाई, खजुर, सेवाईं तथा विभिन्न परिकारहरू समावेश गरिन्छन्। परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटको विशेष महत्व रहन्छ।

ईदले आपसी सद्भाव र भाइचाराको भावनालाई प्रवर्द्धन गर्ने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!