Listen LIVE

नेपालगन्ज – जमिनमुनिबाट सुन निकालिदिने प्रलोभनमा पारेर दुई करोड ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

Advertisement 1

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका हुन्।

हलवाईले सुन निकालेर दिने प्रलोभनमा पारेर बेहेनाबाट पटकपटक गरी करिब दुई करोड ठगी गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिएका छन्।

Advertisement 2

इँटाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनेर पटकपटक गरी दुई करोड ठगी गरेको भन्दै परेको जाहेरीका आधारमा हलवाइलाई पक्राउ गरिएको डिएसपी जोशीले बताएका छन्।

बेहेनाले मंसिर १५ गते हलवाईविरूद्ध प्रहरीमा जोहरी दिएका थिए। आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले हलवाइलाई पुस ५ गते बिहान नेपालगञ्ज वडा नम्बर ४ स्थित बसपार्कबाट पक्राउ गरेको थियो। पक्राउ परेका हलवाइलाई चार दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी जोशीले बताए।

Advertisement 3

पक्राउ परेका हलवाईबाट तीनवटा माटाको घैंटाहरू र तीभित्र धातुले बनेका सिक्का एक हजार ४९ वटा सिक्का, तीनवटा पित्तलको घैंटाहरू, धातुले बनेको पुरानो सिक्री, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकारका ६ सय पत्थरहरू, धातुका डिब्बा तीनवटा, छालाको कालो रंगको झोलभित्र ताबिजसहितको बट्टा, उर्दू भाषामा लेखिएको एउटा किताब, भारतीय नम्बर प्लेट यूपी ३२ पिपी ६११० नम्बरको कार र नेपाल र भारतका विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका हलवाईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!