नेपालगन्ज – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ । भोलि बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो । यस्तै त्रिभुवन विश्वबिद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्रध्यापक डा. विनोद पोख्रेलले पर्सि शनिवार काठमाण्डौ उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको बताउनुभयो । पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने मौसमविद् मानन्धरले भनाइ छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने उहाँले बताउनु भयो । Post navigation विदेशमा पढ्न जाने विद्यार्थीलाई भ्रामक प्रचारप्रति शिक्षा मन्त्रालयको चेतावनी निकुञ्जको नौ सय बिघा जग्गा भारतीयकाे कब्जामा