Listen LIVE

कैलाली । लागू औषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरी दिन्छु भनी रकम लिने अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement 1

पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् ।

प्रहरीका अनुसार लागू औषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरी दिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुलेको छ ।

Advertisement 2

सोही खबर प्राप्त अनुसार उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रुपैयाँ बरामद पनि गरेको छ ।

हाल पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!