Listen LIVE

नेपालगञ्ज : चलचित्र ‘बम बहादुर’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले झण्डै ९० वर्ष पहिले दार्जिलिङका नेपाली समुदायले भोगेका ऐतिहासिक सङ्घर्ष र सामाजिक चुनौतीहरूको कथा समेटेको छ।

Advertisement 1

 

चलचित्रको मुख्य कथावस्तु गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा आधारित छ, जहाँ बम बहादुर नामक पात्रको सङ्घर्षमय जीवनलाई केन्द्रमा राखेर नेपाली समुदायको आरोह-अवरोहलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

Advertisement 2

 

दार्जिलिङको सामाजिक र राजनीतिक परिवेशलाई कथामार्फत प्रभावकारी रूपमा चित्रण गर्न खोजिएको छ। चलचित्रमा बम बहादुरको रूपमा मुख्य भूमिका सौगात मल्लको छ ।

Advertisement 3

 

चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, शान्तिला तामाङ, रिया भुजेललगायतका कलाकारहरूको अभिनय छ।

 

जोन राईको निर्देश रहेको चलचित्रमा दार्जिलिङका सुन्दर प्राकृतिक दृश्यहरूलाई पर्दामा उतार्दै, चलचित्रले दर्शकलाई सौन्दर्य र सङ्घर्षको समिश्रण अनुभव गराउने प्रयास गरेको छ।

 

‘बम बहादुर’ नेपाली समुदायको ऐतिहासिक सङ्घर्षलाई पर्दामा हेर्न चाहने दर्शकका लागि विशेष आकर्षण बन्ने विश्वास गरिएको छ।

 

नेपाल र भारतमा एकै दिन प्रदर्शनमा आउनुले यो चलचित्रले दुई देशका दर्शकबीच एकसमान उत्साह र चासो पैदा गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!