Listen LIVE

कैलाली, माघ १० : कैलाली जिल्ला अदालतको घेराउ गरिएको छ। आर्थिक शोषणको विरुद्धमा जागरण अभियान तथा मिटर ब्याज पीडित किसान–मजदुरहरूको आन्दोलनअन्तर्गत शुक्रबार आन्दोलनकारीहरूले जिल्ला अदालत घेरेका हुन्।

Advertisement 1

 

मिटर ब्याजको चर्को ब्याजदर र आर्थिक शोषणविरुद्ध देशव्यापी आन्दोलन तीव्र भइरहेका बेला कैलालीसहित विभिन्न जिल्लाका अदालतहरूमा पनि आन्दोलनकारीहरूले दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। आन्दोलनको नेतृत्व गरिरहेका किसान–मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुश्वाले आर्थिक शोषणविरुद्ध जागरण कार्यक्रम सञ्चालन भइरहेको बताएका छन्।

Advertisement 2

 

आन्दोलनको कार्यक्रमअनुसार माघ १४ गतेसम्म जिल्ला स्तरमा विभिन्न भेला र विरोधका कार्यक्रम सञ्चालन भइरहेका छन्। आन्दोलनकारीहरूको कार्यतालिका अनुसार माघ १२ देखि १७ गतेसम्म हडपिएको घर–जग्गा कब्जा गर्ने, माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने, माघ २० गते काठमाडौंमा केन्द्रीय कार्यक्रम आयोजना गर्ने, र माघ २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ।

Advertisement 3

 

पीडितहरूले मिटर ब्याजको समस्या समाधानका लागि गठन गरिएको आयोगको कार्यविधि सार्वजनिक गर्न माग गर्दै आएका छन्।

 

आन्दोलनकारीहरूका अनुसार देशव्यापी रूपमा संगठन निर्माण गरी विरोधका कार्यक्रमहरू सञ्चालन भइरहेको छ। विशेष गरी कैलाली र कञ्चनपुरबाट ठूलो सङ्ख्यामा पीडितहरू आन्दोलनमा सहभागी भएका छन्।

 

आन्दोलनकारीहरूले शोषणविरुद्धको यो संघर्ष जारी रहने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!