Listen LIVE

जनकपुरधाम।

Advertisement 1

धनुषाको जनकपुरधामस्थित एक गेष्टहाउसमा युवक हत्या गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै प्रेमीको हत्या गरेको आरोपमा महोत्तरीकी २४ वर्षीया जुली झा पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय विमलेश यादवको छुरा प्रहार गरी गेष्टहाउसको माथिल्लो तलाबाट तल खसालेर हत्या गरिएको हो। विमलेशको मृत्यु आइतबार बिहान उपचारका क्रममा भएको थियो।

Advertisement 2

हत्या भएको स्थान जनकपुरधाम–२ मा रहेको एसपी एण्ड गेष्ट हाउस हो, जहाँ उनीहरू शनिबार राति ९:५५ बजे एकसाथ प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। घटनापछि जुली झा गेष्टहाउसबाट हतारहतार भाग्दै गरेकी देखिएको हो, जसले उनीमाथि शंका थप बलियो बनाएको प्रहरीले बताएको छ।

धनुषा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गर्दै भने, “विमलेशको हत्या कर्तव्य ज्यान अन्तर्गतको गम्भीर मुद्दा हो। युवतीलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।”

Advertisement 3

विमलेश र जुली झाबीच के कस्तो सम्बन्ध थियो र हत्या गर्नुको ठोस कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!