Listen LIVE

बाँके : नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ।

Advertisement 1

 

आज बस्ने बैठकमा उपनिर्वाचन र प्रधानमन्त्रीको चीन भ्रमणबारे समीक्षा हुने एमालेले बताएको छ।

Advertisement 2

 

यही मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याउन सकेन।

Advertisement 3

 

स्थानीय तहका कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमाले ८ स्थानमा निर्वाचित भएको थियो। एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जित्यो।

 

यसअघि जितेका ७ स्थानमा चुनाव भए पनि यसअघि निर्वाचित भएको ठाउँ एमालेले जोगाउन सकेन। उपनिर्वाचनको मुखमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर अफवाह फैलाइएको तथा व्यवसायी मीनबहादुर गुरूङबाट दान लिएर पार्टी कार्यालय बनाउने विषयलाई पनि नकारात्मक तवरले प्रचार गरिँदा चुनावी परिणामममा त्यसले असर पारेको एमालेको प्रारम्भिक विश्लेषण छ।

 

प्रधानमन्त्री ओली भर्खरै चीनको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएका छन्। भ्रमणका बेला नेपाली परियोजनामा चिनियाँ सहयोग रहने गरी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर भएको थियो। बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर हुनुलाई एमालेले उपलब्धीका रूपमा चित्रण गरेको छ।

 

यी विषयमा आज सचिवालय बैठकमा छलफल हुने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!