Listen LIVE

कैलाली – कैलालीको लम्की चुहा नगरपालिका–२ स्थित गणेशपुर चोकमा ट्रक ठोक्किँदा सडकबीचमा राखिएको हाई मास्ट लाइटको पोल ढली क्षति पुगेको छ।

Advertisement 1

 

शनिबार राति सुदूरपश्चिम प्रदेश ०१००१ ख २७८१ नम्बरको ट्रक पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्वतर्फ जाँदै गर्दा सडकको बीचमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

Advertisement 2

 

दुर्घटनाका कारण हाई मास्ट पोल भाँचिँदै लाइट पूर्णरूपमा क्षतविक्षत भएको छ।

Advertisement 3

ट्रकको ठक्करबाट पुनर्वास नगरपालिका–११ निवासी सहचालक सुमन सन्यासी घाइते भएका छन्। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको छ।

 

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार दुर्घटनापछि ट्रक चालक र सवारी साधन दुवैलाई नियन्त्रणमा लिइएको छ।

सडकमा अवरोध सृजना भएको भए पनि तत्काल ट्राफिक व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको जनाइएको छ।

 

स्थानीयवासीले सडकबीचमा रहेको पोलको उचित सुरक्षाको व्यवस्था नहुँदा पटकपटक दुर्घटना हुने गरेको भन्दै चासो व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!