अमेरिकी डाइभर्सिटी भिसा (DV-2026) को नतिजा सार्वजनिक, नतिजा हेर्न कन्फर्मेसन नम्बर आवश्य

नेपालगञ्ज , बैशाख २० : अमेरिकी डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रम अन्तर्गत सन् २०२६ को नतिजा सार्वजनिक भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, DV-2026 कार्यक्रममा सहभागी भएका नेपाली नागरिकहरू अब आफ्ना नतिजाहरू अनलाइनमार्फत हेर्न सक्नेछन्।

 

नतिजा हेर्नका लागि अमेरिकी सरकारको आधिकारिक वेबसाइट dvprogram.state.gov मा जानुपर्नेछ। आवेदन गर्दा प्राप्त गरिएको कन्फर्मेसन नम्बर अनिवार्य रूपमा आवश्यक पर्छ। नतिजा इमेल वा हुलाकमार्फत पठाइने छैन, साथै अन्य कुनै वेबसाइट वा एजेन्टमार्फत पनि उपलब्ध हुने छैन।

 

DV-2026 को आवेदन प्रक्रिया सन् २०२४ अक्टोबर २ मा सुरु भई नोभेम्बर ५ मा सम्पन्न भएको थियो। डाइभर्सिटी भिसा कार्यक्रम अन्तर्गत अमेरिका हरेक वर्ष करिब ५५,००० भिसा ती देशका नागरिकलाई प्रदान गर्छ, जहाँको आप्रवासन दर अमेरिका तर्फ परम्परागत रूपमा कम हुन्छ।

 

नेपालबाट हरेक वर्ष हजारौंले DV लटरीमा आवेदन दिने गरेका छन्। छनोटमा परेका आवेदकहरूले अन्तर्वार्ता प्रक्रिया, कागजात प्रमाणिकरण, र चिकित्सकीय परीक्षण पश्चात अमेरिकी स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) प्राप्त गर्ने अवसर पाउँछन्।

 

नतिजा हेर्न यसरी जानुहोस्:

1. dvprogram.state.gov मा जानुहोस्।

2. “Check Status” मा क्लिक गर्नुहोस्।

3. कन्फर्मेसन नम्बर, थर, जन्म मिति र क्याप्चा कोड प्रविष्ट गर्नुहोस्।

4. “Submit” मा क्लिक गरी नतिजा हेर्नुहोस्।

 

यदी कन्फर्मेसन नम्बर हराएको भए पुन: प्राप्त गर्ने कुनै व्यवस्था छैन, त्यसैले नतिजा हेर्न पहिले नै कन्फर्मेसन सुरक्षित भएको सुनिश्चित गर्नुहोस्।

error: Content is protected !!