Listen LIVE

नेपालगन्ज । फेसबुकको वेब भर्सनमा अजिबको समय देखिएको छ । सोमबार बिहानदेखि फेसबुकले नेपालको क्षेत्रमा अजिबको समय देखाउन थालेको हो ।

Advertisement 1

 

फेसबुकमा अपलोड भएका पोस्ट, फोटो वा भिडिओ कति समय अघि अपलोड भएका हुन् भन्ने समय अकाउन्ट नेमको तलपट्टि देखिन्छ । त्यसमा एक साताभन्दा पुरानो पोस्ट छ भने दिन र महिना उल्लेख गरिएको हुन्छ । पोस्ट अपलोड भएको एक साता पुगेको छैन भने त्यसमा १ मिनेट, १० मिनेट, एक घण्टा, २३ घण्टा, एक दिन, छ दिन भनेर देखाउँछ ।

Advertisement 2

मोबाइल एपमा सटीक मिति देखिरहेको भए पनि ब्राउजरमा भने अजीवको कोड देखिएको छ । सामाजिक सञ्जालमा पनि केही नेपाली प्रयोगकर्ताले यस्तो हुनुको कारण खोजिरहेका छन् । प्रविधिमा रुचि राख्नेहरूको एउटा फेसबुक ग्रुप आस्क बडीमा पोस्ट राख्दै प्रयोगकर्ताले यस्तो हुनुका यथार्थ खोजिरहेका छन् । यस्तो हुनुका पछाडिको यथार्थ कारण बाहिरि सकेको छैन । यस विषयमा बाहिरका प्रविधिसँग सम्बन्धित सञ्चार माध्यमले पनि कुनै समाचार राखेका छैनन् । सम्भवतः फेसबुक ग्लिचका कारण यस्तो भएको हुनसक्ने बताइएको छ ।

केही प्रयोगकर्ताले मोबाइल एपमा पनि यस्तो समस्या सामना गरेको दाबी गरेका छन् । तर, हामीले फेसबुकको मोबाइल एपमा यस्तो समस्या नदेखिएको पायौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!