Listen LIVE

नेपालगन्ज । भारत बिहारबाट गोवा घुम्न निस्किएको एउटा परिवार गुगल म्यापको भर पर्दा कर्नाटकको जङ्गलमा हराएको घटना बाहिरिएको छ । ४ डिसेम्बरमा बिहारबाट कारमा घुम्न निस्किएको उक्त परिवार गुगल म्यापमा भर पर्दा हराएपछि जङ्गलमै रात काट्न बाध्य भएको हो ।

Advertisement 1

 

भारतीय सञ्चारमाध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार बिहारका रञ्जित दास, उनकी श्रीमती र अर्को एक जोडी घुम्नका लागि निस्किएका थिए । गाडीका चालक समेत रहेका दासले गोवा पुग्ने बाटोका लागि गुगल म्यापमा लोकेसन राखेका थिए । एपले शिरोली र हेम्मडागा क्षेत्र हुँदै जाने बाटो सुझायो । त्यसैलाई पूर्ण विश्वास गरी दास त्यही बाटोबाट कार कुदाए ।

Advertisement 2

 

तर, गुगलले सुझाएकै बाटो प्रयोग गर्दा उनीहरू बेलगावी जिल्लाको भीमगढ जङ्गलमा हराए । त्यस क्षेत्रमा मोबाइल नेटवर्क नटिप्ने भएकाले उनीहरू ७-८ किलोमिटर घना जङ्गलमा अलपत्र परेका थिए । उनीहरू त्यो रात गाडीमै बिताउन बाध्य भए ।

Advertisement 3

 

नौलो, अपरिचित र सम्भावित खतरा भएको त्यस ठाउँमा एक्लै बस्नु उनीहरूका लागि सहज थिएन । भोलिपल्ट मोबाइल नेटवर्कको खोजीमा रञ्जित दास झण्डै चार किलोमिटर हिँडे । फोनले नेटवर्क टिपेपछि आपतकालीन सेवा हेल्पलाइन नम्बर ११२ मा सम्पर्क गरे । उनको कलमा प्रतिक्रिया जनाउँदै स्थानीय प्रहरी टोली त्यहाँ पुग्यो र उद्धार गर्‍यो ।

 

खानापुर प्रहरी निरीक्षक मन्जुनाथ नायकले स्थानीय सञ्चारमाध्यमलाई भने अनुसार दासले मोबाइल नेटवर्क फेला पारी आपतकालीन सेवामा सम्पर्क गरेपछि बेलगावी प्रहरी नियन्त्रण कक्षले उक्त जानकारी खानापुर प्रहरीलाई दिएको थियो ।

 

“खानापुर प्रहरीले जीपीएस कोअर्डिनेट प्रयोग गरी गाउँलेहरूको सहयोगमा परिवारलाई पत्ता लगाएर उद्धार गर्न सफल भयौं,” प्रहरी निरीक्षक नायकलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् । दासले मोबाइल नेटवर्क फेला पारेर आपतकालीन नम्बरमा सम्पर्क गर्नाले उद्धार गर्न सकिएको प्रहरीको भनाइ छ ।

 

खासगरी उक्त जङ्गलमा विभिन्न वन्यजन्तु बसोबास गर्छन् । यस क्षेत्रमा भालुको आक्रमणका कारण केही समयअघि मात्र एक किसान गम्भीर घाइते भएका थिए ।

 

गत नोभेम्बरमा गुगल म्यापमै निर्भर हुँदा भारतका तीन जनाले ज्यान गुमाएका थिए । भारतको लखनउस्थित रामगङ्गा नदिस्थित निर्माणाधीन पुलबाट कार खस्दा त्यसमा सवार तीन जनाको ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!