Listen LIVE

बाँके : बाँकेमा लुम्बिनी प्रदेश तथा स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्यांकनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो।

Advertisement 1


सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्नेगरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ। छ करोड ४३ लाख रुपैयाँ बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले बताए।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटनस्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ।

Advertisement 2

साथै सीमा सुरक्षा पोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताउनुभयो। सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले बताए। सीमित स्रोत र साधनका कारण काम गर्न असहज भइरहेको प्रमुख खड्काको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!