Listen LIVE

काठमाण्डाै – १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यूएईमा चलिरहेको प्रतियोगितामा नेपाल आज बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

Advertisement 1

 

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बङ्गलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जवाद अब्राररले ५९, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाउ । नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले १ विकेट लिए ।

Advertisement 2

 

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए । बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले २/२ विकेट लिए ।

Advertisement 3

 

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

 

१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!