Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज, बाँके – इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) शनिबार नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ। विपीचोकस्थित इदगाहमा बिहान ७ बजे हजारौं मुस्लिम श्रद्धालुहरूको सहभागितामा सामूहिक नमाज पढेर पर्वको औपचारिक शुभारम्भ गरिएको हो।

Advertisement 1

 

इदगाहभित्रको स्थान सीमित भएका कारण थुप्रै श्रद्धालुहरू इदगाह बाहिर सडकमा बसेर नमाज पढ्न बाध्य भएका थिए। बिहानै स्नान गरेर नयाँ लुगा लगाई मस्जिद वा इदगाहमा भेला भई नमाज पढ्ने र त्यसपछि एकआपसमा अँगालो मार्दै ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने परम्परा अनुसार पर्व मनाइएको हो।

Advertisement 2

 

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइका अनुसार, बकर इद पर्वको विशेषता शान्ति, सद्भाव र गरिब वर्गको उत्थानमा केन्द्रित रहेको छ। धार्मिक मान्यताअनुसार, इस्लाम धर्मका नवी इब्राहिम अलैहिस्सलामले अल्लाहको आदेश अनुसार आफ्ना प्रिय पुत्र इस्माइललाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइने गरिएको हो। अन्तिम समयमा अल्लाह प्रशन्न भई स्वर्गबाट पठाएको दुम्बाको कुर्बानी गरिएको धार्मिक विश्वास छ।

Advertisement 3

 

यस धार्मिक परम्परालाई सम्मान गर्दै हालसम्म पनि मुस्लिम धर्मावलम्बीहरूले बकर इदका दिन कुर्बानी (बलि) दिने चलनलाई निरन्तरता दिँदै आएका छन्। कुर्बानी गरिएको पशुको मासु तीन भागमा बाँडिन्छ – एक भाग गरिब तथा विपन्न वर्गका लागि, अर्को भाग आफन्त तथा इष्टमित्रका लागि, र बाँकी भाग आफूले उपभोग गर्ने गरिन्छ।

 

यस वर्ष नेपालगञ्जमा एक हजारभन्दा बढी पशुहरू राँगा, खसी, बाख्रा, भेडा र उँटको कुर्बानीका लागि ल्याइएको अनुमान गरिएको छ। पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदा समेत दिएको छ।

धार्मिक उल्लास, सहिष्णुता र आपसी सद्भावको सन्देश बोकेको बकर इद पर्वले सम्पूर्ण समुदायबीच एकता र सहयोगको भावना थप बलियो बनाउने विश्वास गरिएको छ।

फोटो फिचर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!