नेपाल प्रिमियर लिगका आज कुनै पनि खेलहरू नहुने

काठमाडौँ, १६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरू छैनन् ।

 

आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरू नराखिएको क्यानले जनाएको छ ।

 

आजको खेल भोलिका लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः१५ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।

error: Content is protected !!