Listen LIVE

सौरभ पाठक : युट्युबर भोजराज थापाकाे भिडियाेबाट भाइरल बनेकी गायिका रेखा पोखरेलले नयाँ गीत ‘डाँडैमा झुल्के घाम’ सार्वजनिक गरेकी छिन्। रेखा र गायक राजु सुनामको आवाजमा रहेको यो गीत हालै सार्वजनिक गरिएको हो।

Advertisement 1

 

गीतका शब्द, संगीत तथा एरेञ्जमेन्ट राजु सुनाम ले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ विनोद परियार ले गरेका हुन्। रिकर्डिस्ट रिजित महर्जन रहेको यो गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो।

Advertisement 2

 

गीतको भिडियो कस्तुरी म्युजिकको ब्यानरमा निर्माण भएको छ। भिडियोको छायांकन टंक केसीले गरेका छन् भने सम्पादन तथा रङ संयोजन मिन रावल ले गरेका छन्। भिडियोको सम्पूर्ण पोस्ट-प्रोडक्सन जनता डिजिटलले गरेको हो।

Advertisement 3

 

रेखा पोखरेलले हालै एक अन्तर्वार्तामा काठमाडौं आएपछि एक दर्जनभन्दा बढी गीत रेकर्ड गरिसकेको बताएकी छिन्। भोजराज थापाको भिडियोबाट भाइरल बनेपछि उनले गायन यात्रा अघि बढाउने सपना देखेकी थिइन्।

 

उनी दाङ निवासी हुन्। भोजराजले उनलाई साथीको व्रतबन्धमा भेटेपछि गायन यात्रामा सघाउने आश्वासन दिएका थिए। त्यसपछि उनले रेखालाई काठमाडौं ल्याएर गीत रेकर्ड गराउने अवसर उपलब्ध गराएका हुन्।

 

रेखा पोखरेलको नयाँ गीत ‘डाँडैमा झुल्के घाम’ सार्वजनिक भएसँगै श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!