बाँके, नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका–१५, जमुनाहस्थित सज्जाद नाम गरेका व्यक्तिको घरमा भन्सार छलि गरेर भण्डारण गरिएका लत्ता कपडा बरामद भएको छ l भारतबाट अवैध रूपमा भन्सार छलि गरी भण्डारण गरिएका कुर्ता सुरुवाल, धोती, र मोजाहरू फेला पारिएको छ। बरामद सामानको अन्दाजी मूल्य रु. २,१८,९६० (दुई लाख अठार हजार नौ सय साठी) रहेको बताइएको छ। सामान बरामदपछि मिति २०८१।०९।०७ गते भन्सार कार्यालय नेपालगंज, बाँकेमा आवश्यक कारबाहीका लागि पठाइएको छ। प्रशासनले भन्सार छलि र अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। Post navigation जर्मनीको क्रिसमस बजारमा ‘जिहादी’ आक्रमण : कारले किचेर ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते झापाको बुद्धशान्तिमा गाँजासहित युवती प*क्राउ