Listen LIVE

रुपैडिहा। नेपालगन्ज हुँदै अवैध बाटो प्रयोग गरेर भारत प्रवेश गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन्, जो दुवै ब्रिटिश पासपोर्टधारी हुन्।

Advertisement 1

रुपैडिहा थानाको प्रहरी टोली र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त अपरेसनमा उनीहरूलाई सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।

भिडियो हेर्नुहोस

Advertisement 2

भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा ६१ वर्षीया सुमित्रा शकील ओलिसिया रहेकी छिन्। उनीसँग ब्रिटिश पासपोर्टका साथै ओसीआई (OCI) कार्ड (भारतीय मूलका विदेशी नागरिकलाई दिइने कार्ड) पनि रहेको छ र उनको स्थायी ठेगाना भारतको कर्नाटकस्थित उडुपी उल्लेख छ।

त्यस्तै, पक्राउ पर्ने अर्का व्यक्ति ३५ वर्षीय हस्सन अम्मान सलीम हुन्। उनी पाकिस्तानी मूलका ब्रिटिश नागरिक हुन् र हाल बेलायतको म्यानचेस्टरमा बसोबास गर्दै आएको खुलेको छ।

Advertisement 3

दुवै जनामाथि भारतीय विदेशी अधिनियम १४(क) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरुविरुद्ध रुपैडिहा थानामा मुद्धा म.उ.स. ३३४/२०२५ दर्ता गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सदर न्यायालय, बहराइचमा पेश गरिएको भारतीय प्रहरीले जनाएको छ।

(सन्तोष शुक्ल/रुपैडिहाबाट प्राप्त जानकारीमा आधारित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!