Listen LIVE

१४ मंसिर, नेपालगन्ज । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् ।

 

Advertisement 1

साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेका हुन् ।

 

Advertisement 2

‘मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपथ्र्यो, तर ह्वाटसएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो’, प्रसाईंको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘खासमा ती कागजहरू फर्जी नै थिए ।’

 

Advertisement 3

प्रसाईंले ३ मंसिरमा युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । आफ्नो दाबीलाई पुष्टि गर्न उनले प्रमाण भन्दै एउटा कागज सार्वजनिक गरेका थिए ।

 

तर, प्रहरीले प्रारम्भिक जाँच गर्दा नै त्यो कागज फर्जी रहेको भेटिएपछि ४ मंसिरमा प्रसाईं भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । अनुसन्धान अधिकृतहरूले पनि हस्ताक्षरको जाँच गराएका थिए । त्यसक्रममा पनि हस्ताक्षर नमिलेको रिपोर्ट आएको अधिकृतहरूको भनाइ छ ।

युट्युबरहरूसँग कुरा गर्दै प्रसाईंले ‘यो प्रमाण ल्याउनलाई १ करोड ११ लाख’ खर्चेको बताएका थिए । यसबारे समेत अनुसन्धान अधिकृतहरुले उनलाई प्रश्न राखेका थिए । अधिकृतहरूका अनुसार, एक करोड बढी रकम पठाएको देखिए उनीविरुद्ध विदेशी विनिमयको अवैध कारोबारमा पनि अनुसन्धान हुनसक्ने स्थिति थियो ।

 

‘तर, प्रसाईंजीले रकम खर्च गरेको भन्ने कुरा नै गलत भएको बताउनुभयो, युट्युबरहरूले एक्जाजरेट गरे भन्ने उहाँको भनाइ रह्यो’, एक अनुसन्धान अधिकृतले भने, ‘उहाँले आफूले दाबी गरेका जति अधिकांश दाबी गलत भएको बताउनुभयो ।’

 

प्रहरीले प्रसाईंविरुद्ध हालै आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान थालेको छ । भारतको आछामबाट प्रसाईंका सहयोगी ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँल पक्राउ परेसँगै उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालिएको हो ।

 

फुयाँलले प्रसाईंको निर्देशन अनुसार, नेपालका विभिन्न व्यवसायी र पेशाकर्मीलाई दुर्गा प्रसाईंको अभियानमा सहयोग गर्न भन्दै धम्की दिने गरेको प्रहरीको भनाइ छ । ‘साइबर अपराधको कसुरमा साइबर ब्यूरो र धम्की दिएको विषयमा सीआईबीबाट अनुसन्धान भइरहेको छ’, एसपी होविन्द्र बोगटी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!