Listen LIVE

बाँके: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँकेको खजुरा गाउँपालिकामा हुने माओवादी केन्द्रको गाउँपालिका स्तरिय अधिवेशन र खबरदारी सभालाई उद्घाटन गर्न माघ १० गते खजुरा आउने भएका छन्।

Advertisement 1

 

आज खजुरा गाउँपालिका कमिटीले पत्रकार सम्मेलन गरी अधिवेशन तथा खबरदारी सभासम्बन्धी कार्यक्रमको जानकारी गराएको हो। माओवादी खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार विकका अनुसार प्रचण्डले अधिवेशनलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको खबरदारी सभा, सुशासन र समृद्धि अभियानका विषयमा आफ्ना विचार प्रस्तुत गर्नेछन्।

Advertisement 2

 

प्रचण्डले जनयुद्धका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारसँग अन्तरक्रिया गरी भोजन गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष विकले जानकारी दिए। उनले भने, “जनयुद्धका सहिदका योगदानलाई सम्मान गर्दै प्रचण्डले उनीहरूका परिवारहरूसँग भेटघाट गर्नुहुनेछ।”

Advertisement 3

प्रचण्डले खजुरास्थित स्थानीय जनता माविको प्राङ्गणमा निर्माण भएको सहिद बाटिकाको उद्घाटन गर्नेछन्। साथै, सहिद विद्यार्थीहरूको स्मरणमा निर्माण गरिएको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ।

 

प्रचण्डले खजुरा गाउँपालिकाले निर्माण सम्पन्न गरेको सभाहलको उद्घाटन गर्नेछन्। त्यसपछि खजुरा बजारमा आयोजना गरिने भ्रष्टाचारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

 

सभालाई माओवादी केन्द्रका लुम्बिनी इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

 

पत्रकार सम्मेलनका क्रममा अध्यक्ष विकले माओवादीको विधानअनुसार वडास्तरबाट प्रतिनिधिहरू चयन गरी पालिका स्तरको अधिवेशन सम्पन्न गरिने जानकारी दिए। उनले समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै स्वतन्त्र निर्वाचन गराइने स्पष्ट पारे।

 

पत्रकार सम्मेलनमा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णकुमारी सुबेदी, केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’, बाँके जिल्ला सचिवालय सदस्य एवं खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’लगायतको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!