Listen LIVE

काठमाडौं : आज आइतबारदेखि काठमाडाैंकाे सुनधारास्थित धरहरा चढ्दा र पार्किङ गर्दा पैसा तिर्नुपर्ने भएको छ ।

Advertisement 1

 

यसअघि असाेज ३ गतेदेखि परीक्षणका रूपमा निःशुल्क रुपमा चढ्न खुला गरिएको धरहरा आजदेखि पैसा तिरेर चढ्नुपर्ने भएकाे हाे ।

Advertisement 2

 

मंसिर ७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम हाललाई शुल्क लिई ०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेकाे थियाे ।

Advertisement 3

 

मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि धरहरा चढ्दा स्वदेश नागरिकले प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा धरहरा चढ्न पाउनेछन् ।

 

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार शुल्क ताेकिएकाे छ ।

 

आजदेखि धरहरामा पार्किङ गर्दा ४ पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र २ पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

 

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ ।

 

धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!