Listen LIVE

नेपालगञ्ज पोष्ट , नेपालगञ्ज : अर्घाखाँचीका लोकप्रिय गायक तथा संगीतकार विशाल रायमाझीले आफ्नो नयाँ म्युजिक भिडियो ‘लाहुरे टाँसेको’ सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि काठमाडौंमा बसेर गीत-संगीतमा सक्रिय रहेका रायमाझीले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन्।

Advertisement 1

 

नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर वरपर भव्य छायांकन गरिएको यो भिडियोले गीतलाई थप आकर्षक बनाएको छ। सुटिङकै क्रममा रायमाझीले सामाजिक सञ्जालमार्फत स्थानीयलाई जानकारी गराउँदै भिडियोमा सहभागी हुन निमन्त्रणा समेत गरेका थिए।

Advertisement 2

 

गीतमा विशाल रायमाझीको शब्द तथा संगीत रहेको छ भने स्वरमा उनलाई गायिका सलिना नेपालीले साथ दिएकी छन्। प्रदेशबाट फर्किएको लाहुरे, सुपादेउराली मन्दिर र प्रेम कथालाई पन्जे बाजाको लयमा प्रस्तुत गरिएको छ। सुपादेउराली मन्दिरलाई समेटेर तयार पारिएकाले यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Advertisement 3

 

म्युजिक भिडियोमा कलाकार तथा मोडल एलिना रायमाझी, विशाल रायमाझी, सलिना नेपाली, आर जे अनु, र शुशान्त पछाइको दमदार अभिनय देख्न सकिन्छ। स्थानीय व्यक्तिहरूको सहभागिताले गीतलाई अझ आकर्षक बनाएको छ।

 

गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् भने रेकर्डिङ राजु सुनामले गरेका हुन्। स्टुडियो ओजनमार्फत रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ विनोद परियारले गरेका छन्। भिडियोको छायांकन प्रकाश खड्का, मेकअप कबिन भाइ, र सम्पादन सुरज राजभण्डारीले गरेका छन्।

 

विशाल रायमाझी नेपाली सांगीतिक माहोलमा हुर्किएका प्रतिभाशाली कलाकार हुन्। उनले यसअघि ‘साइनो हरायो’, ‘गाउँका लाउरे’, ‘पूर्वे धरान’, ‘संगिनी’, ‘नक्क्ले भिनाजु’ जस्ता चर्चित गीत सार्वजनिक गरिसकेका छन्। पारिवारिक वातावरण नै सांगीतिक भएकाले रायमाझी परिवार देश-विदेशमा हुने कार्यक्रमहरूमा पनि व्यस्त रहन्छ।

 

रायमाझीले ‘लाहुरे टाँसेको’ गीतले दर्शक-श्रोताहरूबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषयमा उत्साहित रहेको बताएका छन्। गीतको भिडियो अहिले युट्युबमा उपलब्ध छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!