Listen LIVE

नेपालगन्ज, नेपाली संगीत क्षेत्रकी उदयमान गायिका इबसाल सञ्ज्यालले आफ्नो पहिलो आधुनिक गीत ‘भयो गल्ति मेरै‘ सार्वजनिक गरेकी िछन्। प्रमोद डीजीको शब्द र संगीत रहेको यो गीतले प्रेममा हुने गल्ती र त्यसपछि आउने पछुतोलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

Advertisement 1

 

गीतमा इबसालको सुमधुर स्वरलाई राजेन्द्र बजगाईंले संगीत संयोजन गरेर थप जीवन्तता दिएका छन्। मिक्सिङ र मास्टरिङको जिम्मेवारी मनोज परियारले निभाएका हुन्। गीतको रेकर्डिङ म्युजिक किचेन स्टुडियो मा गरिएको छ।

Advertisement 2

गीतको भिडियो निर्देशन प्रमोद डीजीले गरेका छन्। छायांकनमा विक्रान्त आचार्य र हरि राना मगरले आफ्नो अनुभव प्रस्तुत गरेका छन्, भने भिडियो सम्पादन राजेश कुमारले गरेका छन्। मेकअप मेनुका चौधरीले अत्यन्तै कुशलतापूर्वक तयार पारेकी छिन्।

गीतको प्रवर्द्धनका लागि चुरो खबर, K3 नेपाल, र नेपालगञ्ज खबर (सन्देश भुसाल) मिडिया साझेदारका रूपमा आवद्ध छन्। यसका साथै, निर्माण टिमले कृष्ण शर्मा, कुलेन्द्र विश्वकर्मा, पूरन बडाई, रामप्रकाश महतो, खिम रानामगर, बसना रानामगर, र हाई-टेक डिजिटल स्टुडियालाई विशेष धन्यवाद दिएको छ।

Advertisement 3

 

निर्माण टिमले दर्शकलाई यो गीत कुनै पनि प्लेटफर्ममा बिना अनुमति डाउनलोड वा अपलोड नगर्न अपिल गरेको छ। यस्ता गतिविधि निर्माण टिमका लागि समस्याजनक हुने भएकाले त्यसप्रति सजग रहन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!