Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिका–३ मा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय नारायण बि.क. रहेका छन्।

Advertisement 1

 

उनले चलाउँदै आएको भे १० प ४७१६ नम्बरको मोटरसाइकल तथा उनले लगाएको हेल्मेट भित्र लुकाई छिपाई ल्याइएको खैरो धुलो पदार्थ (शंका लाग्दो ब्राउन सुगर) प्रहरीले बरामद गरेको छ। बरामद गरिएको उक्त पदार्थको शुद्ध तौल ७१० मिलिग्राम रहेको जनाइएको छ।

Advertisement 2

 

पछिल्लो समय नेपालगञ्ज–रुपैडिया सिमाना खुला रहेको कारण लागुऔषध ओसारपसार तथा अवैध तस्करीमा वृद्धि भइरहेको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरू सक्रिय भए पनि सीमावर्ती क्षेत्रमा लागुऔषधको व्यापार नियन्त्रणमा चुनौतीपूर्ण देखिएको छ।

Advertisement 3

 

पक्राउ परेका युवक र बरामद सामग्रीसहित थप अनुसन्धानको लागि आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!