Listen LIVE

कञ्चनपुर, पुस ८ –इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेको झूटो दाबी गर्दै कञ्चनपुरकी ३१ वर्षीय युवतीसँग विवाह गरेका ३२ वर्षीय विष्णुप्रसाद माली पक्राउ परेका छन्। विवाहपछि माली इन्जिनियर नभई गाडीका सहचालक भएको खुलासा भएको छ।

Advertisement 1

 

प्रहरीका अनुसार, विवाह पछि टिकटकमार्फत् उनका पहिले नै बिहे भइसकेको तथ्य बाहिरिएपछि घटनाले चर्चा पाएको हो। झूटो विवरण दिएर बहुविवाह गरेका मालीले आफ्नो नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुरा गराउने योजना समेत बनाएका थिए।

Advertisement 2

 

यसै सिलसिलामा नक्कली बुवा बनेका ४२ वर्षीय वीरबहादुर ऐर पनि पक्राउ परेका छन्। उनले मालीको योजना सफल बनाउन भूमिका खेलेको आरोप लगाइएको छ।

Advertisement 3

 

प्रहरीले यो घटनालाई गम्भीर ठगी र बहुविवाह मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। पीडित परिवारले न्यायको माग गरेका छन्।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!