कञ्चनपुर, पुस ८ –इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेको झूटो दाबी गर्दै कञ्चनपुरकी ३१ वर्षीय युवतीसँग विवाह गरेका ३२ वर्षीय विष्णुप्रसाद माली पक्राउ परेका छन्। विवाहपछि माली इन्जिनियर नभई गाडीका सहचालक भएको खुलासा भएको छ।
Advertisement 1
प्रहरीका अनुसार, विवाह पछि टिकटकमार्फत् उनका पहिले नै बिहे भइसकेको तथ्य बाहिरिएपछि घटनाले चर्चा पाएको हो। झूटो विवरण दिएर बहुविवाह गरेका मालीले आफ्नो नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुरा गराउने योजना समेत बनाएका थिए।
Advertisement 2
यसै सिलसिलामा नक्कली बुवा बनेका ४२ वर्षीय वीरबहादुर ऐर पनि पक्राउ परेका छन्। उनले मालीको योजना सफल बनाउन भूमिका खेलेको आरोप लगाइएको छ।
Advertisement 3
प्रहरीले यो घटनालाई गम्भीर ठगी र बहुविवाह मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। पीडित परिवारले न्यायको माग गरेका छन्।










प्रतिक्रिया