मकवानपुर – काठमाण्डौबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान मकवानपुरमा पल्टिँदा ३५ जना घाइते भएका छन् ।
Advertisement 1
आज बिहान ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ समिडाँडामा बस पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
Advertisement 2
प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो । घाइतेमध्ये २८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र अरुको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









प्रतिक्रिया