वैदेशिक रोजगारमा माल्टा पठाइदिने भन्दै ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
Advertisement 1
पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–१० घर भइ हाल काठमाडौंको मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्ले रहेका छन् । उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ ।
Advertisement 2
विदेश नपठाई सम्पर्क विहीन भएका उनीविरुद्ध पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
Advertisement 3
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया