Listen LIVE

कैलाली २४ असोज| धनगढीका विभिन्न स्थानबाट प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूलाई धनगढीको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थाबाट पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेको साथबाट ताससहित २ लाख ४७ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

Advertisement 1

 

धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित जंगल र धनगढी उपमहानगरपालिका–५ लब्ली चोकस्थित सौरभ एन्ड सौगात नास्ता पसलबाट उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

Advertisement 2

 

जंगलबाट पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका –२ का ३४ वर्षीय करन विष्ट, धनगढी उपमहानगरपालिका –२ का ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी उपमहानगरपालिका –१ बस्ने ३४ वर्षीय पुष्प विष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया रहेको कैलाली प्रहरीले जनाएको छ । यस्तै, बैतडीको पाटन नगरपालिका –४ का ३५ वर्षीय सुरेन्द्र विष्ट र कैलालीको गोदावरी नगरपालिका –१ का ४० वर्षीय पदम साउँद रहेका छन् ।

Advertisement 3

 

त्यस्तै, सौरभ एन्ड सौगात नास्ता पसलबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का ४३ वर्षीय जागुराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी, ३२ वर्षीय कृष्णदेव चौधरी, ३३ वर्षीय हीरालाल चौधरी, ४७ वर्षीय सुरेश चौधरी रहेको डिएसपी बोहराले जानकारी दिए ।

 

उनका अनुसार यसैगरी, २३ वर्षीय शिवु चौधरी, २४ वर्षीय सुरेश चौधरी, ३० वर्षीय हरि चौधरी, ३५ वर्षीय स्यामु चौधरी, २६ वर्षीय दीपक चौधरी, २३ वर्षीय रमेश चौधरी र होटल सञ्चालक ४२ वर्षीय मैते डंगौरा थारूसमेत पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!