भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।
अलमोरा जिल्लामा ४५ सिटको बस २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।
Ncell 2
सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गर्दा दुर्घटनामा परेको हो।
NIC ASIA 2
प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्।
९ जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो। ९ जना घाइतेमध्ये ३ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लग्ने तयारी भइरहेको समाचारमा उल्लेख छ।











