नेपालगन्ज पोष्ट : नेपाल सरकारले आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा हुने जनाएको छ। गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अजहा) को अवसरमा जेठ १४ गते शुक्रबार सार्वजनिक बिदा दिइएको हो।

त्यसको भोलिपल्ट जेठ १५ गते गणतन्त्र दिवस परेको छ भने १६ गते शनिबार र १७ गते आइतबार परेकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो।
गृह मन्त्रालयले मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार बकर ईद जेठ १४ गते शुक्रबार परेको जनाएको छ। साथै मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ।











