मोटरसाइकल दुर्घटना हुँदा निराज बजगाईको मृत्यु

सुनसरी —इटहरीमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा परी सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय निराज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

इटहरी उपमहानगरपालिका-२ आँपगाछीस्थित सडकमा इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

error: Content is protected !!